तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न मुख्यमन्त्रीको आग्रह

दाङ । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत दाङको घोराहीमा आज समीक्षा बैठकमा सीमित स्रोतसाधनका बीचमा पनि प्रदेश सरकारले समृद्धिको अभियानलाई अगाडि बढाएको बताउनुभयो । मुख्यमन्त्री गिरीले सबैको सहयोग र समन्वयबाट समृद्ध प्रदेश बन्न सक्ने बताउनुभयो ।

अप्ठ्यारोका बीचमा पनि जनताको गुनासो सुनेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button