‘संसद् गतिविधि’ कार्यक्रमलाई निरन्तरता दिने सम्झौता
काठमाडौँ । रेडियो नेपाल र संघीय संसद् सचिवालयबिच रेडियो नेपालबाट प्रसारण हुने ‘संसद् गतिविधि’ कार्यक्रमलाई निरन्तरता दिने सम्झौता भएको छ।
सोसम्बन्धी सम्झौतापत्रमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेको उपस्थितिमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र संघीय संसद् सचिवालयका सहसचिव बबिता मिश्रले आज हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार १५ मिनेटको ‘संसद् गतिविधि’ कार्यक्रम रेडियो नेपालबाट हरेक शुक्रवार बिहान ७ः४० देखि ७ः५५ सम्म प्रसारण हुने छ।
संघीय संसद् सचिवालय र रेडियो नेपालको सहकार्यमा २०७८/०७९ देखि नै प्रसारण हुँदै आएको ‘संसद् गतिविधि’ कार्यक्रम केही समयदेखि रेडियो नेपालबाट उत्पादन गरी प्रसारण गरिँदै आएको छ।
२०७९ चैत्र महिनादेखि संसद् सचिवालयसँगको सहकार्यमा पुन ‘संसद् गतिविधि’ कार्यक्रम उत्पादन गरी प्रसारण गरिने छ। संसदीय गतिविधिका बारेमा आम नागरिकलाई जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको छ।
प्रतिक्रिया राख्नुहोस्