तपाईँ सुन्दै हुनुहुन्छः

एमसिए नेपालको हालसम्म १० प्रतिशत काम सकियो 

काठमाडौँ । मेलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए नेपाल)ले हालसम्म १० प्रतिशत काम सकिएको जनाएको छ । 

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसीसीको सहयोग रहेको एमसिए नेपाल आयोजना कार्यान्वयनका लागि हालसम्म ७ प्रतिशत रकम खर्च भएको जानकारी दिनुभयो ।

बैठकमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको एमसिए नेपाल ५ वर्षको समय अवधिमा कार्यान्वयन हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो । 

बैठकमा सांसदहरु रामचन्द्र राई, डा. विमला राई पौड्याल, राजेन्द्रलक्ष्मी गौरे, कुमार दौसौदी, शेखरकुमार सिंह, जयन्ती राई, गोपी अछामी लगायतले  राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको एमसिए नेपाल समयभित्रै कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । 

संघीय संसद्बाट पारित भई कार्यान्वयन भइरहेको यो आयोजनामा अमेरिकी सरकारको ६३ करोड र नेपाल सरकारको १३ करोड अमेरिकी डलर लगानी रहेको छ । 

एमसिए नेपाल पाँच वर्षभित्र कार्यान्वयन नभए सम्पूर्ण खर्च नेपाल सरकारले गर्नुपर्ने प्रावधान रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button