तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला रू एक लाख १० हजार

File Photo

काठमाडौँ I सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख १० हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख सात हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू दुई हजार नौ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख नौ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख छ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रू ३५ वृद्धि भई रू एक हजार तीन सय ४५ पुगेको महासङ्घले जनाएको छ । 

पछिल्लो समय सुनचाँदी बजारमा सुन तथा चाँदीको मूल्य बढ्दै गएको छ । यसअघि गत माघमा सुनको मूल्य प्रतितोला रू एक लाख सात हजार पाँच सयमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन औसत एक हजार नौ सय ८८ दशमलव ११ डलरमा कारोबार भइरहेको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button