किसानलाई तरकारीको बिउ बिजन वितरण

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले नगर क्षेत्रका किसानहरूलाई तरकारी बिउ बिजन वितरण गरेको छ ।
नगरपालिकाले आफ्ना नगर क्षेत्रका किसानलाई तरकारी बिउ बिजन वितरण कार्यक्रममार्फत तरकारी र सागको बिउ वितरण गरेको हो ।
नगरपालिका कार्यालयले कृषि शाखाको समन्वयमा भिण्डी, बोडी, करेला, लौका, घिरौला र साग लगायतको बिउ वितरण गरिएको कृषि शाखाका अजय गौतमले जानकारी दिनुभयो ।
किसानलाई आफ्नो करेसाबारीमा तरकारी लगाउन र हरियो साग लगाएर त्यसबाट आम्दानी गर्न सहज होस् भनेर बिउ वितरण गरेको दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले बताउनुभयो ।
किसानलाई आफ्नो घर वरिपरिका करेसावारीमा स्वच्छ र स्वस्थ्य तरकारी उत्पादन गरि उपभोग गर्न तथा बढी उत्पादन भएकालाई बिक्री गरि आय आर्जन गर्न सहज हुने नगरप्रमुख गच्छदारले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्