तपाईँ सुन्दै हुनुहुन्छः

गीतकार उमेश लम्सालले सार्वजनिक गरे आँशुका यी कथा

काठमाडौँ I संगीता राना प्रधानको स्वरमा ‘आँसुका यी कथा’ बोलको गीत सार्वजनिक भएको छ। 

शनिबार उमेश लम्सालको युट्युब च्यानलमार्फत गीत अडिओ सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा आफूले भोगेको पीर-व्यथालाई कतै उल्लेख नगरिएको भाव समेटिएको छ। 

उमेश लम्सालको शब्द रहेको गीतमा अविदले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन गोपाल रसाइलीको छ। 

यो गीतलाई संगम रेकर्डिङ स्टुडिओमा मित्र लामाले रेकर्ड गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button