तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंको तिलगङ्गामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–९ तिलगङ्गामा ना३ख ६०६४ नम्बरको गाडीको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौंको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button