तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

जीतपुरसिमरा वडा नं.१५ स्थित डुमरबानामा सम्पन्न भएको प्रतियोगितामा सिमरा तेक्वान्दो डोजाङ प्रथम, बारा द्वितीय र धनुषा तृतीय भएका छन् ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सिमरा तेक्वान्दो डोजाङका प्रमुख विजय शाह ठकुरी, पर्सा जिल्ला तेक्वान्दो संघका सदस्य राजेन्द्र खड्गी लगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रत्येक जिल्लाबाट १४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button