तपाईँ सुन्दै हुनुहुन्छः

अवैध गोदाममा प्रहरीको छापा, ठूलो परिमाणमा लताकपडा बरामद

झापा । झापाको भद्रपुरस्थित अवैध गोदाममा राखिएको ठूलो परिमाणको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । भद्रपुर–८ स्थित गणेश मन्दिरनजिकै मोहम्मद अफरोजको घरमा रहेको बिना दर्ताको गोदाममा प्रहरीले छापा मारेको हो ।

त्यहाँबाट ८ पोका कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

स्थानीय दीपेश कामतीले कानूनी प्रक्रिया नगरी गोदाम सञ्चालन गर्दै आएको र शङ्का लागी छापा मार्दा ५ पोका कपडा र ३ पोका झुल बरामद भएको प्रहरीको भनाइ छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदाममा छापा मारेको थियो ।

कामतीले गोदाममा फेला परेको सामानको आधिकारिक कागजात देखाउन नसकेपछि सो सामान अवैध ठहर गरी बरामद गरिएको र ८ लाख ५० हजार मूल्याङ्कन तोकेर स्थानीय भद्रपुर भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button