राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले उपनेतामा तामाङलाई चयन गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै राप्रपाका प्रवक्ता शाहीले पार्टीको संसदीय दलको विधान बनिसकेको बताउनुभयो ।
पार्टीको संसदीय दलको बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्रमा परेका नागरिक र कृषि मलमा सरकारले कटौती गरेको अनुदानलगायतका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने विषयमा राप्रपाले अर्को बैठकबाट निर्णय गर्ने प्रवक्ता शाहीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्