तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारले विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

मकवानपुर । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहन स्वरूप खेलाडीहरूलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको हो । 

आज बिहान केन्द्र सरकारले समेत राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई बधाई तथा सम्मान कार्यक्रम गर्दै जनही तीन लाख दिने घोषणा गरेको थियो । बिहीबार आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button