तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा जिप र मोटरसाइकल आपसमा ठोक्किदा ६ जना घाइते ।

डोटी । डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् ।

सिलगढीबाट दिपायल जाँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स कम्पनीको बन्द बडी जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल सिलगढी स्थित जिल्ला अदालत मोड अगाडि एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले बताएका छन् ।

दुर्घटना परि घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का मोटरसाइकल चालक स्वास्थ्यकर्मी वर्ष ३२ का बिष्णु बोहरा र वडा नम्बर ७ की वर्ष २९ की टङ्क कुमारी उपाध्याय रहेका छन् भने त्यसैगरी सोही वडाकी वर्ष ६५ की धौली देवी बिष्ट, वर्ष २४ की दुर्गा देवी बिष्ट, डेढ वर्षको सिर्जन बिष्ट रहेका छन् भने बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरका वर्ष ४९ का जर्ण बम रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button