तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुर सिमरा गोल्डकप चैत ९ गतेदेखि सञ्चालन हुने

बारा । जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३ औँ संस्करण चैत्र ९ देखि आयोजना हुने भएको छ ।

सिमरा रङ्गशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे सोमबार आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

प्रतियोगितामा ५ ए डिभिजन क्लब र ५ मोफसलका गरि १० टिमको सहभागिता रहनेछ । साविक विजेता न्यु रोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो यूथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड क्लब र आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगिता खेल्नेछन् ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रङ्गशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button