तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज युनाईटेड दोस्रो परवानीपुर गोल्डकपको सेमिफाइनलमा

बारा । वीरगन्ज युनाईटेड क्लब नव जनजागृति युवा क्लब सिमरालाई पराजित गर्दै दोस्रो परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नव जनजागृति युवा क्लब सिमरालाई टाई ब्रेकरमा पराजित गर्दै वीरगन्ज प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । परवानीपुर खेल मैदानमा आइतबार भएको खेलमा वीरगन्जले जनजागृतिमाथि ट्राई ब्रेकरमा ३–१ को जित निकालेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि नतिजा ट्राई ब्रेकरबाट निकालिएको हो ।

खेलको म्यान अफ दि म्याच घोषित वीरगन्जका गोलरक्षक दिलमणि चौधरीले पाँच हजार नगद प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार हेटौडा फुटबल एकेडेमी र गोरखा फुटबल एकेडेमी सर्लाहीबिच खेल हुनेछ ।

परवानीपुर यूथ क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button