तपाईँ सुन्दै हुनुहुन्छः

सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२ हलगढामा सफारीले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

आज दिउँसो तरहराबाट इटहरीतर्फ आउँदै गरेको को १ ह ५६०५ नम्बरको सफारीले ठक्कर दिँदा घाइते भएका पैदल यात्री स्थानीय ६८ वर्षीया पुण्यमाया काफ्लेको उपचारको क्रममा विराट नरसिंह होम विराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने सफारी चालक जिल्ला स्याङ्जा पुतली नगरपालिका-८ घर भई हाल इटहरी-८ बस्दै आएका २६ वर्षीय पिताम्बर सुबेदीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button