तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने  

काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । 

संविधान अनुसार फरक लिङ्ग वा समुदायको हुने प्रचलन देखिएकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने आयोगले निष्कर्ष निकालेको हो ।

नेकपा एमालेको तर्फबाट उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको उम्मेदवार ममता झाले राष्ट्रपतिभन्दा फरक लिङ्गको उम्मेदवार उपराष्ट्रपति हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग गर्नुभएको थियो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम रहने जानकारी दिनुभयो ।

उहाँले लिङ्ग र समुदाय फरक हुनुपर्ने गरी संविधान र कानूनी व्यवस्था भएको देखिँदा खस आर्य समुदायभन्दा फरक समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न नसकिने बताउनुभयो ।

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले सो दाबी विरोधको खण्डन गर्दै आज निर्वाचन अधिकृतको कार्यालयमा जवाफ पेस गर्नुभएको थियो ।

उपराष्ट्रपति पदमा चार जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button