तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा टिप्पर दुर्घटना एकको मृत्यु एक जना घाइते 

पाल्पा । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  आज बिहान करिब ७ बजेको समयमा पाल्पा जिल्ला माथागढी गाउँपालिका ६ चिलेपानीमा गोठादीबाट रहबासतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही तिलोत्तमा ११ गणेशनगर बस्ने बर्ष ४० का बिष्णु गुरुङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

टिप्परमा सवार माथागढी झडेवाका ५० वर्षीय हुम बहादुर परियार घाइते भएको र घाइतेको उपचार तानसेनमा भइरहेको प्रहरीले जनाएको छ । 

टिप्पर सडकबाट करिब ४० मिटर तल खसेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button