तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाको स्वास्थ्य परिक्षण

बारा । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । बजनीमा आयोजित शिविरमा स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

शिविरमा मधुमेह, रक्तचाप, आँखा, नाक, कान, घाँटी, छाला लगायत विभिन्न स्वास्थ्यसम्बन्धी समस्याको परीक्षण गरिएको थियो । उपमहानगरपालिका र नेपाल आँखा अस्पताल औराहका चिकित्सकले स्थानीयको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा उपमहानगरपालिकाका डा. दीपक गिरी, डा. प्रशान्त वर्णवालसहित नर्स र अन्य स्वास्थ्यकर्मीले स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए भने आँखा अस्पतालका चिकित्सकले आँखाको जाँच गरेका थिए । शिविरमा स्थानीयलाई निःशुल्क औषधी समेत वितरण गरिएको वडाध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले असार मसान्तसम्म प्रत्येक महिनाको दुई पटक शिविरको आयोजना गरिने बताउनुभयो । वडाध्यक्ष कार्कीले आगामी दिनमा वृद्धवृद्धाको स्वास्थ्य जाँचका लागि घरमै स्वास्थ्य सेवा प्रदान गर्ने तयारी रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button