तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति निर्वाचन अभियान परिचालन समितिले दियो सहयोगी सबैलाई धन्यवाद

file photo

काठमाडौं । सत्ता साझेदार दलहरूको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रको बैठकले राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको अन्तिम बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचित गराउन सहयोग गर्ने राजनीतिक दल, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरू, निर्वाचन अयोग, सुरक्षा निकाय, कर्मचारी र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेको हो ।

बैठकपछि नेपाली कांग्रेसका उपसभापति तथा राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रका संयोजक पूर्णबहादुर खड्काले भोलि उपराष्ट्रपति मनोनयन दर्ता हुन अघि उम्मेदवारका बारेमा सहमति जुट्ने बताउनुभयो ।

कांग्रेस उपसभापति खड्काले उपराष्ट्रपति उम्मेदवारका बारेमा आठ दलबीच कुनै छलफल नभएको बताउनुहुँदै राष्ट्रपति निर्वाचनमा जोडिएका दलहरूका शीर्ष नेताहरूको बैठकले उम्मेदवारको टुंगो लगाउने जानकारी दिनुभयो ।

खड्काले उपराष्ट्रपति उम्मेदवारका सवालमा निर्वाचन आयोगले संविधानमा भएको व्यवस्थाविपरीत निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button