तपाईँ सुन्दै हुनुहुन्छः

इटहरीमा १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

सुनसरी । सुनसरीको इटहरीमा आगामी चैत ४ गतेदेखि १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी गरिएको छ ।

राष्ट्रिय जागृति क्लबले शुक्रबार (आज) पत्रकार सम्मेलन गर्दै चैत ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार मच्छिन्द्र क्लब काठमाडौँ, एभिनिएर फुटबल क्लब क्यामरुन, चर्छ ब्वाइज क्लब काठमाडौँ, नेपाल आर्मी क्लब काठमाडौँ, रोलिङ्ग क्लब झापा, सगरमाथा यूथ क्लब मोरङ, कन्चनजङ्गा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगितामा ८ वटा टिम सहभागी हुनेछन् ।

इटहरी–९ स्थित रङ्गशालामा हुने खेलको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाखसहित मेडल र ट्रफी हात पार्ने डुम्जनले बताउनुभयो ।

यस्तै, हरेक दिनको म्यान अफ द म्याचले नगद १० हजारसहित मेडल प्राप्त गर्नेछन् । खेलमा ७० लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक अनुरोध थापाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button