तपाईँ सुन्दै हुनुहुन्छः

नवनिर्वाचित राष्ट्रपतिले देशको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनिर्वाचित राष्ट्रपतिले देशको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रपतिको निर्वाचन पछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै अध्यक्ष नेपालले संविधानले दिएका अधिकार दिएको दायरा भित्र बसेर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । 

अध्यक्ष नेपालले गणतन्त्र र सङ्घीयता जस्ता उपलब्धिको रक्षा गर्दै सबै राजनीतिक दलहरूको विश्वास जितेर अगाडि बढ्न नवनिर्वाचित राष्ट्रपतिलाई सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button