तपाईँ सुन्दै हुनुहुन्छः

बारामा बस दुर्घटना : २३ यात्रु घाइते, दुईको अवस्था गम्भीर 

बारा । बाराको पथलैया–सिमरा सडकखण्ड अन्तर्गत हुलासमा आज दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् भने दुई अवस्था गम्भीर रहेको छ । 

वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख २१४८ बस साइकललाई जोगाउने क्रममा दुर्घटना भएको थियो । तीव्र गतिमा रहेको बस साइकललाई जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएर अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल ल्याएका थिए । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य छ । गम्भीर घाइते हुनेमा पर्सा पटेर्वा सुगौली गाउँपालिकाकी ५० वर्षीया राजकुमारी राम र कलैया उपमहानगरपालिका वडा नं. २३ का ४५ वर्षीय नरेश पटेल रहेका छन् । 

रामको टाउकोमा गम्भीर चोट लागेको छ । रामलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागी बयोधा मेडिसिटी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी अर्का गम्भीर घाइते पटेलसहित अन्यको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भने उपचार गराएर घर फर्किएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button