तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । 

विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचन समिति र क्याम्पस प्रशासनले मतदाताको नाम टुङ्गो नलाग्दै नामावली सार्वजनिक गरेको भन्दै तालाबन्दी गरेका गरेका हुन् । अखिल क्रान्तिकारी ‘विप्लव’, सहित अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छटौं, अखिल क्रान्तिकारी संयुक्त लगायतका विद्यार्थी सङ्गठनहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

विभिन्न विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन अगावै विद्यार्थीको नाम, ठेगाना सहितको व्यक्तिगत विवरण सार्वजनिक गर्नु निर्वाचनलाई प्रभावित पार्ने खेल भएको आरोप लगाएका छन् । उनीहरूले स्ववियु निर्वाचन कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button