तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम पाँचथर गोर्खा कपको उपाधि कुम्मायकलाई

पाँचथर । पाँचथरको फिदिममा सम्पन्न प्रथम गोर्खा कप फुटबलको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ ।

फिदिम नगरपालिका – ५ स्थित पाँचथर रङ्गशालामा शनिबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालयलाई ५– ० गोलले हराउँदै कुम्मायकले उपाधि जितेको हो । विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

फागुन १६ गतेबाट तुम्याहाङ क्लबले आयोजना गरेको नकआउट फुटबल प्रतियोगितामा पाँचथर, इलाम र तेह्रथुमका १० टिम सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button