बुढासुब्बा गोल्डकप : काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनल प्रवेश
सुनसरी । सुनसरीको धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकप अन्तरगत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनलमा प्रवेश गरेको छ ।

युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलका लागि स्थान तय गरेको हो । काँकडभिट्टाका लागि सुशील राई, निशान लिम्बू र विदेशी खेलाडी यामीले १–१ गोल गरे ।
युकेएफसीका हेमराज भुजेलले १ गोल गरे ।
बिहीबार एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङबिच दोस्रो सेमिफाइनल खेल हुनेछ । बिहीबारको विजेतासँग काँकडभिट्टाले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।
प्रतिक्रिया राख्नुहोस्