तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत वेबसाइट व्यवस्थापन र वेब मनिटरिङ प्रणालीको शुभारम्भ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणालीको शुभारम्भ गर्नुभएको छ ।

सूचना प्रविधि विभागद्वारा विकास गरिएका एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणालीको आज मन्त्रालयमा शुभारम्भ गर्दै मन्त्री शर्माले यस्ता वेबसाइटको प्रयोगले जनतामा सूचनाको सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरूपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च पनि न्यूनीकरण हुने बताउनुभयो  ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीका सम्बन्धमा नीतिगत व्यवस्था भइसकेकाले सबै सरकारी कार्यालयमा लागु गर्न कुनै समस्या नरहेको जानकारी दिनुभयो ।

सूचना विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणाली सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं अन्तर्गतका सूचना तथा प्रसारण विभाग,हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग  र मुद्रण विभागमा सञ्चालनमा ल्याइएको र चाँडै नै अन्य निकायमा पनि  विकास गरिने बताउनुभयो । 

यो प्रणालीबाट विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक (Admin User)  उपलब्ध गराउने र सोही प्रयोग कर्ता मार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा  मेनु र उप मेनुहरू थपघट गर्न, नारा तथा लोगो राख्न, फाइलहरू व्यवस्थापन गर्न, कर्मचारी र कार्यालयको कार्य विवरण राख्ने लगायतका  कार्यहरू गर्न सकिने छ ।

साथै यस प्रणालीबाट  सरकारी निकायको वेबसाइट÷वेब एप्लिकेशनहरुको निरन्तर निगरानी गरी ह्याक, डिफेस वा बन्द(डाउन) हुन सक्ने  जोखिम न्यूनीकरणका लागि जानकारी समेत गराउन सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button