तपाईँ सुन्दै हुनुहुन्छः

पुलिसलाई पराजित गर्दै काँकडभिट्टा सेमिफाइनलमा

सुनसरी । बुढासुब्बा गोल्डकपको पाँच पटकको विजेता तथा तीन पटक उपविजेता बनेको विभागीय टिम नेपाल पुलिस क्लब क्वाटर फाइनलबाटै बाहिरिएको छ ।

धरान १६ रङ्गशालामा भएको २३ औँ आमन्त्रण अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको तेस्रो दिनको क्वाटर फाइनलमा पुलिसविरुद्ध काँकडभिट्टा फुटबल क्लब झापाले ० का विरुद्ध २ गोल गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो । काँकडभिट्टाका तर्फबाट दुई वटै गोल निशान लिम्बुले गरेका थिए । उनले खेलको २३ र ८१ मिनेटमा गोल गरेका थिए ।

आजको खेलको म्यान अफ द म्याच काँकडभिट्टाका निशान लिम्बु भए । उनले नगद १० हजारसहित प्रमाणपत्र हात पारेका छन् ।

आठ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५÷२५ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

मङ्गलवारको खेल अन्तिम क्वार्टर फाइनल खेल एन्फा मोरङ र पाहुना टोली केविपिएस बङ्गलादेशबिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button