तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ वर्षीय राम नारायण मेहता रहेका छन् । आज पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका साइकल यात्री मेहताको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक काठमाडौँ दक्षिणकाली–५ का ४० वर्षीय निरञ्जन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button