तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा आगलागी हुँदा दुई बालकको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ्ग गाउँपालिका–७ भारपाको एक घरमा आगलागी हुँदा दुई जना बालकको मृत्यु भएको छ ।

स्थानीय प्रेम पंथाकको घरमा शुक्रबार साँझ ४ः४५ बजे आगलागी हुँदा सोही स्थानका श्रण पंथाकका ५ वर्षीय छोरा शेसेहाङ पंथाक र फिदिम नगरपालिका – ५ चोकमागुका सन्तोष खातीका ४ वर्षीय छोरा निसान खातीको जलेर घटनास्थलमै मृत्यु भएको हो । खाती मावल आएको र दुई जना बालक मात्रै घरमा थिए । परिवारका अरू सदस्य घरमा नभएका बेला आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीमा मतान घर पूर्ण रुपमा जलेको र बच्चाको शव पनि नचिनिने अवस्थामा रहेको पाँचथर प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button