तपाईँ सुन्दै हुनुहुन्छः

समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको शून्य समय र विशेष समयमा बोल्दै सांसदहरुले विभिन्न विकास आयोजनाहरू निर्धारित समयमा सम्पन्न गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले सडक, खानेपानी, सिँचाई लगायतका विकास आयोजनाहरू निर्धारित समय भित्र सम्पन्न हुन नसक्दा जनताले दुःख पाएको र आयोजनाको लागत समेत बढ्न गएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, सांसदहरुले कृषि मल, बिउ तथा सिँचाई सुविधा उपलब्ध गराई किसानका समस्या समाधानका गर्न तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो । 

यसैगरी, सांसदहरुले ठूला भ्रष्टाचारका काण्डहरूको प्रभावकारी छानविन गरी आर्थिक सुशासन कायम गर्न, सरकारी निकायमा विद्युतीय सवारी साधनको प्रयोग गरी पेट्रोलियम पदार्थको खपत कम गर्न तथा ट्राफिक प्रहरी कार्यालयहरूमा थुप्रिएका बेवारिसे सवारी साधन तथा कवाडीको व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा बोल्दै सांसदहरुले भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन तथा कर्णाली प्रदेशमा हवाई सेवालाई नियमित गराउन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button