तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति हुन्छ : योगेश भट्टराई 

जाजरकोट । एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुने नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले दाबी गर्नुभएको छ ।

बुधबार खलंगामा प्रेस चौतारी नेपाल जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताउनुभयो ।

केही नेताहरूले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै उहाँले गत निर्वाचनबाट एमाले दोस्रो ठूलो दलका रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताउनुभयो ।

एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरे पनि एमालेले कसलाई राष्ट्रपति बनाउँछ भन्ने विषय भने अझै नटुङ्गिएको उहाँले बताउनुभयो । राष्ट्रपतिको निर्वाचनमा निश्चित र निर्वाचित सदस्यहरूबाटै मतदान गर्ने भएकाले पनि नाम टुङ्ग्याउन हतार नगरेको नेता भट्टराईको भनाइ छ ।

माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा पार्टीको धारणाबारे पत्रकारहरूको जिज्ञासामा नेता भट्टराईले एमालेले अघि सारेको अवस्थामा जुनसुकै व्यक्ति निर्वाचित हुने दाबी समेत गर्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button