तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि तानसेनलाई 

पाल्पा । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले जितेको छ । १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १६ स्वर्णसहित ४५ पदक जितेर तानसेनले उपाधि हात पारेको हो । माथागढीको सराइस्थित खेल मैदानमा फागुन ७, ८ र ९ गतेसम्म प्रतियोगिता चलेको थियो  ।

यस्तै रामपुर नगरपालिका २२ पदकसहित प्रतियोगितामा दोस्रो बनेको छ । रामपुरले ६ स्वर्ण, ६ कास्य र १० रजत पदक प्राप्त गरेको छ । यस्तै तिनाउ गाउँपालिका तेस्रो बनेको छ । तिनाउले ५ स्वर्ण, ७ कास्य र ४ रजत गरी १६ पदक प्राप्त गरेको छ । सान्त्वना माथागढी गाउँपालिका बनेको छ । माथागढीले ५ स्वर्ण, तीन कास्य र ७ रजत गरी कुल १५ पदक पाएको छ । यस्तै रम्भाले ४ स्वर्ण, ३ कास्य र ४ रजत गरी १० पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।

यस्तै पूर्वखोलाले ३ स्वर्ण, ४ कास्य र ५ रजत पदक गरी १२ पदक पाएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यस्तै रैनादेवी छहराले २ स्वर्ण, २ कास्य र ३ रजत गरी ७ पदक पाएको छ । यस्तै बगनासकालीले १ स्वर्ण, २ कास्य र ७ रजत पदक पाएको छ भने रिव्दीकोटले १ स्वर्ण, १ कास्य, २ रजत पाएको छ । यस्तै निस्दी गाउँपालिकाले १ स्वर्ण र रजत ५ पदक पाएको छ ।  जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने खेलकुद विकास समितिका कार्यालय प्रमुख खुमबहादुर बयम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button