तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको ग्रासरुट अभियान ‘पार्टी सर्भिसिङ’ अभियान हो : डा .भट्टराई

पाल्पा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा .राजन भट्टराईले नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान पार्टी सर्भिसिङ’को अभियान भएको बताउनुभएको छ । डा.भट्टराईले एमाले ठूलो गाडी भएकाले धेरै यात्रु बोक्दा कहिकतै टुटफुट हुन सक्ने भएकाले मिसन ग्रास रुटलाई सर्भिसिङको रुपमा लिन पर्ने बताउनुभयो । 

प्रेस चौतारी पाल्पाले आज तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले केही पुराना नेताले पार्टी छोडेको अवस्थामा युवाहरूलाई पार्टी प्रति जागरण ल्याउन यो अभियान चलाइएको बताउनुभयो । उहाँले कुनै पनि पार्टी पुरानो नहुने बताउँदै पार्टीले अङ्गीकार गरेको नीति तथा सिद्धान्त समय र माग अनुसार परिवर्तनको आवश्यकता रहने धारणा राख्नुभयो । 

एक फरक प्रसङ्गमा नेता भट्टराईले पुस १० गतेकै सहमति अनुसार देशले राष्ट्रपति पाउने जिकिर गर्नभयो । उहाँले एमालेकै उम्मेदवार राष्ट्रपति हुने समेत स्पष्ट पार्नुभयो । उहाँले राजतन्त्र २०६२÷६३ को परिवर्तन पछि हटिसकेकाले पूर्बराजाको सक्रियतालाई पार्टी खोलेर आउन समेत चेतावनी दिनुभयो । आफ्नो पार्टीका केही नेता प्रति लक्षित गर्दै नेता भट्टराईले ती नेतालाई पार्टीले कारबाही प्रक्रिया थाली सकेको समेत जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button