तपाईँ सुन्दै हुनुहुन्छः

रिब्दीकोटको चकल्दी फाँटमा औद्योगिक ग्राम बन्ने

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको चकल्दी फाँटमा औद्योगिक ग्राम बन्ने भएको छ । सरकारले पाल्पासहित देशभरका आठ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेसँगै रिब्दीकोटमा पनि औद्योगिक ग्राम बन्ने भएको हो । बिहीबारको मन्त्रीपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा औद्योगिक ग्राम बन्ने स्थान घोषणा गरेको हो । 

औद्योगिक ग्रामले समग्र गाउँपालिका सँगै जिल्लालाई समेत आर्थिक विकासमा सहयोग पुग्ने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । उहाँले एक पालिका एक औद्योगिक ग्रामको नीति अनुसार पालिकाले औद्योगिक ग्राम स्थापनामा पहल गरेको धारणा राख्नुभयो ।  

औद्योगिक ग्राम बन्ने भएपछि रिब्दीकोट गाउँपालिकाको खस्यौली, भैरबस्थान, कुसुमखोला, ठिमुरे लगायतको क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने छ भने समग्र गाउँपालिकालाई नै आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button