तपाईँ सुन्दै हुनुहुन्छः

राँके कोसेली बजार (फोटोफिचर)

पाँचथर । पाँचथर र इलामको सीमावर्ती राँके बजार कोसेली बजारको रुपमा परिचित बजार हो । 

मेची राजमार्गमा पर्ने यो बजारमा स्थानीय स्तरमै उत्पादन भएका खाद्य पदार्थहरू उपलब्ध हुने गर्छन् । मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथीभरा जाने यात्रुले यही ठाउँ बाट कोसेली लाने गरेका छन् । इलाम, पाँचथर र ताप्लेजुङ घुम्न आएका तराइ क्षेत्र, सिक्किम तथा दार्जिलिङ क्षेत्रका पर्यटकहरूले राँकेबाट कोसेली लाने गरेका छन् । 

पसलको अगाडी सजाएर राखेका घ्यु, छुर्पी, अकबरे, साग सब्जी, विभिन्न प्रकारका दाल, अर्ग्यानिक चिया, सिजन अनुसारका फलफूल ले जो कोहीलाई किन्न मन लाग्छ । यहाँका सबै पसलहरूमा कृषि उपज वस्तुहरूको मात्रै कारोबार हुने गरेको व्यवसायी बताउँछन् । 

इलामको फाकफोक थुम र पाँचथरको फाल्गुनन्द गाउँपालिकाका किसानको लागी राँके मुख्य बजार हो । पाँचथर र इलाम मै उत्पादन गरिएका वस्तुहरू यहाँ बिक्री हुने गर्छ । यस सडक मा गुड्ने सार्वजनिक गाडी यहाँ रोकिने गर्छ । यात्रुले गाडी बाट ओर्लेर किन्ने गर्छन् ग्राहकले गाडी बाटै मागेमा व्यापारीले हात हातमै लगेर कोसेलीको प्याकेट बेच्ने गरेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button