तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोट अस्पतालको भवन निर्माण अन्तिम चरणमा

जाजरकोट । जाजरकोट जिल्ला अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिनर्जी ज्ञानज्योती क्षितिज जेभी कन्स्ट्रक्सन कोटेश्वर काठमाडौँले निर्माण गरिरहेको अस्पताल भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ ।

सहरी विकास मन्त्रालयको भ्याटसहित ३४ करोड १८ लाखमा लागतमा बन्न लागेको उक्त भवनको १० प्रतिशत मात्र काम बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि मनोज गौतमले जानकारी दिनुभयो । ६ वटा सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि २०७७ असारमा ३० महिनाको लागि सम्झौता भएर काम सुरु भएको थियो ।

भवन निर्माण कार्य तीव्र गतिमा भइरहेकाले चैत्रभित्र सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । सम्झौताअनुरूप ३० महिनाभित्र काम सक्नुपर्ने भए पनि केही प्राविधिक कारण म्याद थपिएको र छिट्टै अस्पताललाई हस्तान्तरण हुने प्राविधिक टिकाराम पोखरेलले बताउनुभयो ।

५० शैय्या भएको जिल्ला अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि जिल्लावासी उपचारको लागि बाहिर जानु नपर्ने र प्रभावकारी सेवा उपलब्ध हुने जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button