तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति

काठमाडौँ ।  माघ २७ गते सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटना सम्बन्धमा सरकारको वार्ता टोली र नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ ।

सरकार र चिकित्सक संघबीच आज भएको छलफलमा विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी तथा संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी “विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” परिमार्जन सम्बन्धमा एक हप्ताभित्र सुझाव पेश गर्ने, सुझावहरू कार्यान्वयनमा लैजाने लगायतका सहमति भएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिनुभयो । 

यस्तै, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, घटनाको समग्र पक्षको छानबिन गरी दोषीलाई कारबाही गर्ने लगायतका विषयमा सहमतिसहित सङ्घले अघि सारेका आन्दोलनका कार्यक्रमहरू स्थगित गर्दै आ–आफ्नो जिम्मेवारीमा फर्कने सहमति भएको समेत अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button