तपाईँ सुन्दै हुनुहुन्छः

उपाध्यायको पहिलो उपन्यास मिन्झारीको लोकार्पण

काठमाडौँ । महेन्द्र उपाध्यायको पहिलो उपन्यास मिन्झारीको लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आज आयोजित एक कार्यक्रमबीच उपाध्यायको पहिलो उपन्यास मिन्झारीको लोकार्पण गरिएको हो ।

कार्यक्रममा पूर्व सांसद शान्ता चौधरीले उपन्यासले कमलहरी र थारु समुदायका मुद्दालाई सशक्त रुपमा चित्रण गरेको बताउनुभयो ।

साहित्यकार नयनराज पाण्डेले उपन्यासमा प्रयोग गरिएको भाषा शैली र बिम्ब लेखकको खासियत भएको उल्लेख गर्नुभयो।

लेखक उपाध्यायले उपन्यासमा आफु हुर्केको समाजको वास्तविकता चित्रण गर्न खोजेको भन्नुहुँदै उपन्यास पढेर रचनात्मक सुझाव सल्लाह दिन आग्रह गर्नुभयो ।

काबु क्रियशनद्वारा प्रकाशित उपन्यासको मूल्य ५ सय ७५ रुपैयाँ छ ।

लेखकको यस अघि एक गजल सङ्ग्रहसहित फुटकर रचनाहरू प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button