तपाईँ सुन्दै हुनुहुन्छः

सोलु-दूधकोशीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

सोलुखुम्बु । निजी क्षेत्रको स्वदेशी लगानीबाट सोलुखुम्बुमा निर्माण भएको मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको सोलु-दूधकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

हाइड्रो भेन्चर प्रालिले साहस ऊर्जा कम्पनी लिमिटेडको शतप्रतिशत लगानीमा निर्माण सम्पन्न गरेको उक्त आयोजनाले अघिल्लो सातादेखि परीक्षण उत्पादन शुरु गरेको थियो ।

सबै उपकरणहरूको परीक्षण सफल भएपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले जानकारी दिनुभयो ।

विद्युत् गृहदेखि लाम्माने सब स्टेसनसम्म १३ किलोमिटर ग्रिड निर्माण गरिएको विद्युत् आयोजना लाम्माने सब स्टेसनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको हो ।

विद्युत् आयोजना केन्द्रिय लाइनमा जोडिएसँगै विद्युत् प्राधिकरणलाई हिउँद याममा राहात भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button