तपाईँ सुन्दै हुनुहुन्छः

अमर नेम्वाङ लिम्बू स्मृति स्रष्टा पुरस्कार साहित्यकार मुकारुङ र ओझालाई 

पाँचथर । यस वर्षको अमर नेम्वाङ लिम्बू स्मृति स्रष्टा पुरस्कार साहित्यकार श्रवण मुकारुङ र प्रेम ओझालाई प्रदान गरिएको छ ।

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले एक लाख रुपैयाँ राशिको पुरस्कार मुकारुङ र ओझालाई प्रदान गरेको हो । भोजपुरका मुकारुङ र पाँचथरका ओझालाई नेपाली साहित्य क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो । 

साहित्यकार नेम्वाङको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष भएकै बेलामा निधन भएको थियो । नेम्वाङको चौथो स्मृति दिवसका अवसरमा आज पाँचथर सदरमुकाम फिदिममा पुरस्कार वितरण गरिएको हो । 

२०७८ सालमा यो पुरस्कारबाट लेखकद्वय शारदा सुब्बा र विना थिङ पुरस्कृत भएका थिए । २०७७ मा डा. गोविन्दराज भट्टराई र वीर नेम्वाङ, २०७६ मा डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण सँगै  छात्रावृत्ती तथा राहात वितरण कार्यक्रम समेत गरिएको थियो । जय नारायण आदर्श मा.वि कक्षा १० अध्ययनरत छात्रा भूमिका स्याङतान लाई नगद १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ । यसै गरी बाढी पीडित फिदिम ४ का राजेश मगर, फालेलुङ ७ का रुना मगर, अग्नि पीडित फिदिम ८ का सुजता गुरुङ र फिदिम १३ की सुकमती गुरुङ लाई नगद १० हजार रुपैयाँका दरले राहात वितरण गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button