तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा दुई पक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पौड्यालले कोभिड १९ महामारीका समयमा नेपालमा सहयोग गरेकामा बेलायत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

आजै परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि गणतन्त्र पोल्यान्डका गैरआवासीय राजदूत अदाम बुराकोवस्कीले बिदाइ भेट गर्नुभयो ।

यस्तै मन्त्री पौड्याल र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारीका आयुक्त जुट्टा उर्पिलेननबीच पनि आज भेटघाट भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button