तपाईँ सुन्दै हुनुहुन्छः

पुष्प प्रदर्शन तथा व्यापार मेला शुरु

सुनसरी । धरानमा पाँचौँ पुष्प प्रदर्शन तथा व्यापार मेला शुरु भएको छ । कोभिड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला आजबाट शुरु भएको हो ।

फ्लोरिकल्चर एशोशियसनद्वारा आयोजित मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने भनिए पनि २६ वटा स्टल मात्रै छन् । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरी लगायत ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिएका छन् ।

सो अवसरमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी विकासमन्त्री भक्तिप्रसाद सिटौलाले पुष्प व्यवसायमा धैर्यताको खाँचो भएको बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई बढाएर आयात कर्म गर्न सकिने उल्लेख गर्नुभयो ।

पुष्प प्रदर्शन तथा व्यापार मेला २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button