तपाईँ सुन्दै हुनुहुन्छः

‘कर्णालीको विकासमा सबैको सहयोग आवश्यक’

दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दैलेखद्वारा आयोजित कार्यक्रममा मन्त्री जिसीले कर्णाली प्रदेशको विशेष सुरक्षा योजना निर्माण गर्न जिल्लागत अध्ययनमा हिँडेको भन्दै समाजमा हुने अपराध निर्मूल पार्दै प्रदेश सुरक्षित कर्णाली प्रदेश निर्माण गरिने बताउनुभयो । उहाँले आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रेससँग सम्बन्धित हुने भएकाले प्रदेश आमसञ्चार प्रतिष्ठानसम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने दाबी गर्नुभयो ।

मन्त्री जिसीले पुराना सबै कानुनको अध्ययन गरी प्रदेश सरकार थप कानुन निर्माणतर्फ लाग्ने जनकारी दिँदै सुरक्षा निकाय केन्द्र सरकार मातहत रहने व्यवस्था भए पनि सबै नागरिकप्रति अझ जबाफदेही हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button