तपाईँ सुन्दै हुनुहुन्छः

‘गुणात्मक समृद्धि र सुशासन स्थापित गर्ने प्रक्रियामा छु’

बर्दिबास । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफु मन्त्री बनेदेखि नै सम्बन्धित क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताउनुभएको छ ।

महोत्तरीस्थित बर्दिबासमा रहेको आधारशिलाको २० औंं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले विकासको मुख्य मेरुदण्ड सुशासन भएकाले मन्त्रालयमा सोही संस्कार स्थापित गर्न लागिपरेको बताउनुभयो ।

यातायात र भौतिक पूर्वाधारको क्षेत्रमा समेत चरम बेथिति रहेको बताउँदै सुशासन स्थापनासँगै यसको समाधान हुने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली राजनीतिमा मूल्यहीनता बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसो हुनुमा रुपान्तरणको अभाव भएको प्रष्ट पार्नुभयो । वैचारिक र सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठले कम्युनिस्टहरूमा एकता र ध्रुवीकरणको आवश्यकता औँल्याउनुभयो ।

बर्दिबासस्थित उक्त आधारशिलामा २० परिवार सामूहिक रुपमा बस्दै आएका छन् । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको स्थायी घर पनि यही आधारशिला हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button