तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसलाई प्रमुख प्रतिपक्ष दलको मान्यता दिनुको कारण पेश गर्न सर्वोच्चको आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेस पार्टीलाई प्रमुख प्रतिपक्ष दलको मान्यता दिनुको कारण पेश गर्न आदेश दिएको छ । 

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले संघीय संसद् सचिवालयलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्ष दलको नेताको मान्यता दिनुको कारण देखाउन आदेश दिएको हो । 

यस्तै,सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली काँग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दललाई प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता विमल प्रसाद पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । 

सो रिटमा सुनुवाई गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै जवाफ पेश गर्न आदेश दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button