उर्जन श्रेष्ठ फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षक नियुक्त
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब फ्रेन्ड्सले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
फ्रेन्ड्सले बुधबार सामाजिक सञ्जालबाट उर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । फ्रेन्ड्सले नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि उर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
नेपाली यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक रहिसकेका उर्जनले यस अघिको लिग थ्री स्टार क्लब सम्हालेका थिए । नयाँ सिजनका लागि थ्री स्टारले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्