तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुलाई हरेक क्षेत्रमा अगाडी बढाउन आफ्नो भूमिका रहन्छ : प्रदेश सांसद पाण्डे

२ सय ६२ जनालाई सम्मान स्वरूप कम्बल वितरण

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–३ नम्बर वडा कार्यालयले वडा भित्रका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल तथा विधवा महिला र अपाङ्ग व्यक्तिहरूलाई सम्मान गरेको छ । 

मङ्गलवार  र बुधबार गरी वडा भित्रका ती समूहमा पर्ने २ सय ६२ जनालाई सम्मान स्वरूप कम्बल वितरण गरिएको हो । 

लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले सम्मान कार्यक्रमको शुभारम्भ गर्दै भौतिक संरचनासँगै मानवीय कल्याणका कार्यक्रमलाई स्थानीय तहले अगाडि बढाएकोमा सो को सराहना गर्नुभयो । 

उहाँले जिल्लालाई विकासको हरेक क्षेत्रमा अगाडि बढाउन आफ्नो कार्यकालमा विशेष योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

कार्यक्रममा वडा अध्यक्ष सरिता त्रिपाठीले वडाले मानव कल्याणका लागि वर्षेनी यस्ता सम्मानका कार्यक्रम गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने बताउनुभयो । 

यस्तै, वडा सदस्यहरु निरञ्जन अहिर, लउटु नाउ, ज्ञानमती कोरी, इलैची कोरी र वडा सचिव मोहम्मद हलिम मुसलमान लगायतले वडा भित्रका लक्षित वर्गलाई सम्मान गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा आफूहरूले यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस वडा नं ३ इकाई समितिका सभापति नन्दकुमार गिरीले आफ्नो वडा कार्यालयले वर्षेनी यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै आएकोमा त्यसको प्रशंसा गर्नुभयो । 

कार्यक्रममा सम्मानित व्यक्तिहरूले वडाले वर्षेनी आफूहरूलाई सम्झने गरेकोमा खुसी व्यक्त गरेका थिए । 

कार्यक्रमको सहजीकरण वडाका बाल सहजकर्ता लवकुश पासवान, सामाजिक सहजकर्ता दिपचन्द पासवान, कृषि प्राविधिक अनिल उपाध्याय लगायतले गर्नुभएको थियो । 

तस्बिर : लवकुश पासवान

प्रतिक्रिया राख्नुहोस्

Back to top button