तपाईँ सुन्दै हुनुहुन्छः

जनताले महँगीको मार खेप्नुपरेको परेको विषय दुखद : चन्द

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको आर्थिक क्षेत्र सङ्कटमा रहेको र जनताले महँगीको मार खेप्नुपरेको परेको विषय दुखद भएको बताउनुभएको छ ।

file photo

पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले कृषि क्षेत्र पनि सङ्कटमा रहेको र देशमा रोजगारीका अवसर नहुँदा शिक्षित युवाहरू समेत विदेश पलायन हुनुपरेको बताउनुभयो ।

महासचिव विप्लवले देशका साना तथा मझौला उद्योगीहरू आर्थिक सङ्कटको बढी मारमा परे पनि सरोकारवालाको ध्यान पुग्न नसकेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपाल कम्युनिष्ट पार्टीले बढ्दो महँगीका विरुद्ध आगामी फागुन ५ र १५ गते देशव्यापी विरोधका कार्यक्रम गर्ने बताउनुभयो ।

प्रवक्ता विश्वकर्माले नेपाल कम्युनिष्ट पार्टीले एमसीसी, एसपीपी, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमण लगायतका विरुद्ध पनि सङ्घर्ष गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button