टर्कीका विदेश मन्त्रीसँग परराष्ट्रमन्त्री डा.पौड्यालको टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले आज टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्नुभएको छ ।
आज दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
वार्तामा परराष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरूलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रहसमेत गर्नुभयो ।
नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गर्नुभयो ।
टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिनुहुँदै उहाँले लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सोमबार बिहान टर्कीमा गएको ७ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्