बीरगंजमा प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु

वीरगञ्ज । वीरगञ्जमा आजदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
देशका सातै प्रदेशका दृष्टिविहीन क्रिकेट टिमको सहभागिता रहेको प्रतियोगिताको आज वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभयो ।
महानगरप्रमुख सिंहले फरक क्षमता राख्ने दृष्टिविहीनहरूको क्षमता उजागर गर्न वीरगंज महानगर सधैँ तत्पर रहेको र यसैको परिणाम स्वरूप प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता बीरगंजमा सञ्चालन भएको बताउनुभयो ।
उहाँले खेलको माध्यमबाट देशको पहिचान कायम गराउने गरी प्रतियोगितामा प्रतिस्पर्धा गर्न पनि खेलाडीहरूलाई सुझाव दिनुभयो ।
नेपाल नेत्रहीन क्रिकेट संघ तथा मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिता आगामी माघ २८ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा सातै वटै प्रदेशका खेलाडीहरूले सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धा भएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्